वर्डक्याम्प काठमाडौं २०२३ हुँदै

यही आउदो सेप्टेम्बर ८ र ९ (भाद्र २२ र २३, २०८०) का दिन संसारको सब भन्दा प्रख्यात वेबसाईट बनाउने र सित्तैमा पाईने अोपेन सोर्स सफ्टवेर वर्डप्रेस (WordPress) सम्वन्धि २ दिने सम्मेलन “वर्डक्याम्प काठमाडौं २०२३” हुँदैछ । वर्डक्याम्प विश्वव्यापी रुपमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम हो । विश्व भरिमा हिसाब गर्ने हो भने झन्नै २ मद्धे १ वेबसाईटहरु वर्डप्रेसले चल्छन्।

BERJAYA

यस दुई दिने कार्यक्रममा पहिलो दिन अर्थात योगदान दिवस(Contributor Day)को दिन वर्डप्रेसका विभिन्न विधाहरुमध्ये भाषा अनुवाद, थिम समिक्षा, सहायता, डिजाइन, मार्केटिङ, प्लागिन, डकुमेन्टेसन आदि विषयमा प्रशिक्षण दिइने छ । यो दिन प्रत्यक्ष रुपमा वर्डप्रेसलाई नै योगदान गरिने हुँदा यस दिन महत्वपूर्ण रहने छ। यस्तै, दोस्रो दिन राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षकहरुबाट सूचना र प्रविधिका विविध विषयहरुमा प्रशिक्षण तथा छलफल हुनेछ।

यो वर्ष अन्य बर्षहरु भन्दा थप रोचक र पृथक रहेको आयोजकले जनाएको छ । डब्लुपी चौतारी, डु एक्सन, लगायत धेरै परिमार्जित कार्यक्रमकहरु यो वर्डक्याम्पमा समाबेश हुदैछ ।

डब्लुपी चौतारीको आकर्षक सत्रमा वर्डप्रेस नेपाल समुदायका संस्थापकहरू, विगतका वर्डक्याम्पहरुमा नेतृत्वदायी भूमिका निर्वाह गरेका व्यक्तित्वहरु, र वर्डप्रेस समुदायमा समर्पित योगदानकर्ताहरू लगायतका बिबिध व्यक्तिहरूलाई अतिथि वक्ताको रूपमा प्रस्तुत गर्नेछन्।

साथै डु एक्शन प्रोजेक्टको क्रममा, वर्डक्याम्प काठमाडौंले गैर नाफामूलक संस्थाको लागि नि:शुल्क वेबसाइट निर्माण गर्देछ।

शुक्रबार र शनिबार काठमाडौं गैरिधारा स्थित एलिस रिसेप्सन्समा हुने यस कार्यक्रममा विभिन्न देशका वर्डप्रेसमा राष्ट्रिय र अन्तराष्ट्रिय ख्याती प्राप्त गरिसकेका ४०० भन्दा बढि नेपाली तथा बिदेशी विशेषज्ञहरु सामेल हुनेछन् ।

यदी तपाईं पनि वर्डप्रेसको प्रयोगकर्ता हुनुहुन्छ भने यो कार्यक्रम तपाईंको लागि उपयुक्त हुन सक्छ । यो कार्यक्रम सूचना प्रबिधिमा वबेसाईट बनाई व्यवसाय वा स्वरोजगार गर्न खोज्ने नेपालीहरुको लागि धेरै उपयोगी हुनेछ । सूचना प्रबिधिमा काम गरिरहेका संस्थाका प्रतिनिधि तथा सूचना प्रबिधिका व्यवसायीसँग भेटघाट हुने अवसर हुनेछ ।

कार्यक्रममा सहभागी हुनका लागि टिकट दुई हजार रुपैया तोकिएको छ। यस रकममा सहभागिका लागि निःशुल्क प्रशिक्षण सँगै कार्यक्रम अवधिभर नास्ता, खाना, खाजा र टि–सर्ट साथै अन्य सामग्रीहरुको व्यवस्था गरिने छ । टिकट अनलाइन खरिद गर्न सकिने ।

कार्यक्रम सम्पन्न गर्नका लागि सुरेन्द्र श्रेष्ठको नेतृत्वमा २१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । साथै यस कार्यक्रममा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनिहरुको प्रयोजन रहेको छ ।

स्मरण रहोस्, वर्डक्याम्प विश्वव्यापी रुपमा आयोजना हुने अन्तराष्ट्रिय कार्यक्रम हो । विश्वमा पहिलो पटक सन् २००६ जुलाई ९ मा वर्डक्याम्प भएको थियो । नेपालका सन्दर्भमा सन् २०१२ देखि सुरु गरी हरेक वर्ष आयोजना हुँदै आएको छ । नेपालको विभिन्न शहरहरु जस्तै काठमाण्डौं, चितवन, पोखरा, विराटनगर र वुटवल मा विभिन्न बर्षहरुमा वर्डक्याम्प सम्पन्न भइसकेका छन् ।

कार्यक्रमको थप जानकारी https://kathmandu.wordcamp.org/2023/ यहाँ बाट लिन सकिने छ ।

वर्डप्रेस काठमाडौँ अप्रिल मिटअप सम्पन्न

वर्डप्रेस काठमाडौँको अप्रिल मिटअप सम्पन्न भएको छ । यहि आईतबार अप्रिल २ तारिक अर्थात् चैत्र १९ गते काठमाडौँ बर्नहार्ड कलेजमा भएको हो । करिब ५० जना कलेजका विद्यार्थी र वर्डप्रेस काठमाडौँका अभियान्ताहरु बीच उक्त कार्यक्रम भएको थियो । मिटअपलाई प्रविन झाले सहजीकरण गर्नु भएको थियो । उहाले विद्यार्थी माझ वर्डप्रेस के हो, थिम र प्लागिन के हो, वर्डप्रेसमा सजिलै कसरी वेबसाइट बनाउन सकिन्छ भनेर सिकाउनु भएको थियो ।

साथै उहाले डोमेन किन्ने प्रक्रिया, आफ्नो कम्पुटरमा भएको वेबसाइटलाई कसरी सर्भरमा सजिलै हाल्ने भनेर पनि सिकाउनु भएको थियो । सबै सहभागी विद्यार्थीहरुले उक्त प्रक्रियालाई ध्यानपुर्बक हेरेका थिए ।

वर्डप्रेस काठमाडौँका सुरेन्द्र श्रेष्ठले वर्डप्रेस काठमाडौँ के हो, कसरी काम गर्छ र अब हुन लागेको वर्डक्याम्पको सम्बन्धमा पनि सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।

सहभागी विद्यार्थीहरुले यस किसिमको कार्यक्रमले पढाई र सिकाईमा महत्वपुर्ण सहयोग हुने र आगामी दिनमा पनि अन्य मिटअपमा सहभागी हुने इच्छा देखाएका छन् ।

थप जानकरीको लागि यहाँ हेर्नुहोस

तस्बिरहरु:

वर्डक्याम्प नेपाल २०२२ भरतपुरमा हुदै

वर्डप्रेस नेपालको आयोजनामा चितवनको भरतपुरमा वर्डप्रेस सम्बन्धि दुई दिवसीय अन्तराष्ट्रिय कार्यक्रम ‘वर्डक्याम्प नेपाल–२०२२’ आगामी कार्तिक १९ र २० (नोभेम्बर ५ र ६) गते हुने भएको छ ।

BERJAYA

यस दुई दिने कार्यक्रममा पहिलो दिन राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षकहरुबाट सूचना र प्रविधिका विविध विषयहरुमा प्रशिक्षण तथा छलफल हुनेछ। यस्तै, दोस्रो दिन अर्थात योगदान दिवसको दिन वर्डप्रेसका विभिन्न विधाहरुमध्ये भाषा अनुवाद, थिम समिक्षा, सहायता, डिजाइन, मार्केटिङ, डकुमेन्टसन आदि विषयमा प्रशिक्षण दिइने छ र यसन् दिन प्रत्यक्ष रुपमा वर्डप्रेसलाई नै योगदान गरिने हुँदा उक्त दिन अझ महत्वपूर्ण रहने छ।

कार्यक्रममा सहभागी हुनका लागि विद्यार्थी सहुलियत टिकटका लागि एक हजार रुपैया, प्रारम्भिक दर्ता गर्नेको लागि एक हजार दुई सय रुपैया र अन्य सहभागीहरुको लागि दुई हजार रुपैया शुल्क तोकिएको छ। यस रकममा सहभागिका लागि निःशुल्क प्रशिक्षण सँगै कार्यक्रम अवधिभर नास्ता, खाना, खाजा र टि–सर्ट साथै स्वागहरुको व्यवस्था गरिने छ ।

कार्यक्रम सम्पन्न गर्नका लागि ३८ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । एक हजार भन्दा बढीको सहभागिता रहने अनुमान गरिएको छ ।

कार्यक्रमबाट वर्डप्रेसमा व्यवसायिक रुपमा काम गर्दै गरेका र काम गर्न इच्छुक व्यक्ति तथा कम्पनी, सूचनाप्रविधिमा भविष्य निर्माण गर्न खोजेका विद्यार्थी तथा वर्डप्रेससँग काम गरी ख्याति प्राप्त व्यक्तिहरुसँग प्रत्यक्ष भेटघाट गरी लाभ लिन सकिनेछ ।

स्मरण रहोस्, वर्डक्याम्प विश्वव्यापी रुपमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम हो । विश्वमा पहिलो पटक सन् २००६ जुलाई ९ मा वर्डक्याम्प भएको थियो । नेपालका सन्दर्भमा सन् २०१२ देखि सुरु गरी हरेक वर्ष आयोजना हुँदै आएको छ । नेपालको विभिन्न सहरहरु काठमाण्डौं, चितवन, पोखरा, विराटनगर र वुटवल मा विभिन्न वर्डक्याम्प सम्पन्न भइसकेका छन् । वर्डक्याम्प नेपाल ’bout थप जानकारीका लागि https://nepal.wordcamp.org/ मा पनि हेर्न सकिनेछ।

यो पोस्ट सम्पादन गर्न सहयोग गर्नु भएकोमा pitamsen लाई धेरै धेरै धन्यवाद।

वर्डक्याम्प काठमाडौं २०२२ भव्य सफलताका साथ सम्पन्न

वर्डक्याम्प काठमाडौं २०२२ गत साता ४५० भन्दा बढी सहभागीहरुको सहभागितामा सम्पन्न भएको छ। दुई दिने वर्डक्याम्प रोचक सत्रहरू, वार्ता, वर्कसप र मनोरञ्जनात्मक गतिविधिहरूले भरिएको थियो। वर्डक्याम्प काठमाडौं २०२२ सम्पन्न भएलगतै हामीले तपाईहरुको बिचमा सेप्टेम्बर ३ र ४, २०२२ मा भएको गतिविधिहरुको विवरण यस पोस्टमा समेट्ने कोसिस गरेका छौं।

BERJAYA
वर्डक्याम्प काठमाडौं २०२२ को सामुहिक तस्बिर

पहिलो दिन: आधिकारिक वर्डक्याम्प भएको दिन:

वर्डक्याम्प काठमाडौं २०२२ को पहिलो दिन, आधिकारिक वर्डक्याम्प हुने दिनमा एलिस रिसेप्सन, गैरीधारामा सहभागिहरूको ठूलो भीडको साथ सुरु भएको थियो। नेपालको सबैभन्दा ठूलो यस वर्डप्रेस सम्मेलनमा तीन हलहरू थिए – हल एक्सन, हल फिल्टर र हल वर्कसप जसमा वर्डक्याम्प स्पिकरद्वारा रोचक वर्डप्रेस संग सम्बन्धित सत्रहरु भएका थिए।

समयतालिका अनुसार कार्यक्रमको दर्ता बिहान ८:३० बजेबाट सुरु भएको थियो । कार्यक्रमलाई व्यवस्थित गर्न आयोजक र स्वयंसेवकहरु निकै व्यस्त थिए । यस वर्ष WP Developer, Yoast, Adminify, Arraytics, Sparkle Themes, XpeedStudio, WP Creative, Codeable र Outside जस्ता धेरै कम्पनीहरुको स्टलहरू वर्डक्याम्प हल बाहिर थिए।

वर्डक्याम्प काठमाडौँका मुख्य आयोजक उत्सव सिंह राठौरले उद्घाटन मन्तब्य ब्यक्त गर्नुभएको थियो । उहाँले उपस्थित सबैलाई स्वागत गर्दै वर्डक्याम्प काठमाडौं २०२२ लाई सम्भव बनाउन सहयोग गर्नुहुने सबै प्रायोजकहरू, आयोजकहरू, स्वयंसेवकहरूलाई धन्यवाद दिनुभएको थियो। त्यसपछि सुवास खड्काले वर्डप्रेस नेपालको ’boutमा मन्तव्य राख्नुभएको थियो । उज्वल थापा फाउन्डेसनकी अध्यक्ष श्रीमती एरिका अधिकारीले उज्वल थापा छात्रवृत्ति घोषणा गर्नुभएको थियो । त्यसपछि वर्डक्याम्पको मुख्य कार्यक्रम सुरु भएको थियो ।

वर्डक्याम्पको मुख्य कार्यक्रममा वर्डक्याम्पको ३ वटा हलहरु (हल एक्सन, हल फिल्टर र हल वर्कसप) मा समय तालिका अनुसारको सत्रहरु सुरु भएका थिए ।

यी बाहेक, वर्डक्याम्प काठमाडौं २०२२ मा लंच ब्रेक पछि सामूहिक फोटो सेसन र वर्डक्याम्प काठमाडौंको १० वर्ष पूरा भएको उत्सव पनि मनाइएको थियो।

वर्डक्याम्प काठमाडौं २०२२ को पहिलो दिन समापन टिप्पणीको साथ समाप्त भयो त्यसपछि सबै आयोजकहरू, स्वयंसेवकहरू, वक्ताहरू र अन्य समर्थकहरूलाई उनीहरूको समय र प्रयासको लागि प्रशंसाको उपहार वितरण गरिएको थियो।

आफ्टर-पार्टी:

बाजेको सेकुवा, बत्तीसपुतलीमा वर्डक्याम्प काठमाडौं २०२२को आफ्टर-पार्टी कार्यक्रम गरिएको थियो । यसले सबैलाई सँगी सहभागीहरूसँग ह्याङ्ग आउट गर्ने, नयाँ विचारहरू अन्वेषण गर्ने र वर्डक्याम्प पछि भेटघाट गर्ने मौका प्रदान गरेको थियो।

दोस्रो दिन: कन्ट्रीब्युटर डे:

दोस्रो दिनको दर्ता बिहान ९ बजे बाट सुरु भएको थियो, त्यसपछि परिचयात्मक सत्र भएको थियो ।

BERJAYA
कन्ट्रीब्युटर डे टिम लिड

कन्ट्रीब्युटर डे को लागि कुल १० वटा टोलीहरू बनाइएको थियो : विषयवस्तुहरू, फोटोहरू, कोर, प्रशिक्षण, सपोर्ट, पोलिग्लट, प्लगइन, डकुमेंन्टेसन, प्याटर्न र मेटा। सबै टोलीहरू विशिष्ट वर्डप्रेसरहरूद्वारा नेतृत्व गरिएको थियो । अनिल बस्नेतको टिम थिम, विजय यादवको टिम फोटो, वीरेन्द्र महर्जनको टिम कोर, लाबुन चेम्जोङको टिम ट्रेनिङ, प्रथमेश पाल्वेको टिम सपोर्ट, प्रियंका पञ्जियारको टिम पोलिग्लट, क्युरिना श्रेष्ठको टिम प्लगिन्स, रोशन नागाजुको टिम डकुमेन्टेशन, त्रिनिशा प्रजापति द्वारा टीम पैटर्न, र उमेश बलायर द्वारा टीम मेटा। उपस्थित सबै आ–आफ्नो टोलीमा निकै संलग्न देखिएका थिए र आ–आफ्नो तर्फबाट योगदान गरिरहेका थिए ।

अन्त्यमा, वर्डक्याम्प काठमाडौँ २०२२ ले सबैलाई धेरै नयाँ व्यक्तिहरूसँग भेट्ने र नेटवर्किंग गर्ने मौका दियो, र कुराकानी र छलफलबाट धेरै कुरा सिक्ने मौका दियो। सबैलाई प्रयास र समर्पणको लागि आयोजकहरू, स्वयंसेवकहरू र अन्य समर्थकहरूलाई वर्डक्याम्प काठमाडौं २०२२ को तर्फबाट धेरै धेरै धन्यवाद।

यो पोस्ट सम्पादन गर्न सहयोग गर्नु भएकोमा kafleg लाई धेरै धेरै धन्यवाद ।

वर्डक्याम्प काठमाडौं २०२२ हुँदै

यही आउदो सेप्टेम्बर ३ र ४ (भाद्र १८ र १९, २०७९) का दिन संसारको सब भन्दा प्रख्यात वेबसाईट बनाउने र सित्तैमा पाईने अोपेन सोर्स सफ्टवेर वर्डप्रेस (WordPress) सम्वन्धि २ दिने सम्मेलन “वर्डक्याम्प काठमाडौं २०२२” हुँदैछ । वर्डक्याम्प विश्वव्यापी रुपमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम हो । विश्व भरिमा हिसाब गर्ने हो भने झन्नै २ मद्धे १ वेबसाईटहरु वर्डप्रेसले चल्छन्।

BERJAYA

शनिबार र आईतवार काठमाडौं गैरिधारा स्थित एलिस रिसेप्सन्समा हुने यस कार्यक्रममा विभिन्न देशका वर्डप्रेसमा राष्ट्रिय र अन्तराष्ट्रिय ख्याती प्राप्त गरिसकेका ४०० भन्दा बढि नेपाली तथा बिदेशी विशेषज्ञहरु सामेल हुनेछन् ।

यदी तपाईं पनि वर्डप्रेसको प्रयोगकर्ता हुनुहुन्छ भने यो कार्यक्रम तपाईंको लागि उपयुक्त हुन सक्छ । यो कार्यक्रम सूचना प्रबिधिमा वबेसाईट बनाई व्यवसाय वा स्वरोजगार गर्न खोज्ने नेपालीहरुको लागि धेरै उपयोगी हुनेछ । सूचना प्रबिधिमा काम गरिरहेका संस्थाका प्रतिनिधि तथा सूचना प्रबिधिका व्यवसायीसँग भेटघाट हुने अवसर हुनेछ ।

कार्यक्रममा वर्डप्रेसको बिषयमा धेरै सत्रहरु संचालन हुनेछन् । वर्डप्रेस सेक्युरिटी, वर्डप्रेस थिम र पल्गिन डेभलप्मेंट, वर्डप्रेसको महत्व र प्रयोग लगायत अन्य थुप्रै बिषयमा कार्यक्रम संचालन हुनेछ | कार्यक्रम ४ वटा हलमा एक्कै साथ समानान्तर रुपमा संचालन हुने छ । आफुलाई मन पर्ने बिषय जुन हलमा संचालन भै रहेको हुन्छ त्यै हलमा सहभागी बस्न पाउने छन् ।

वर्डप्रेसबाट वेबसाइट बनाउन सजिलो, छिटो, रामो साथै धेरै नै कम झन्झटिलो हुने भएकाले पनि यो प्रबिधि विश्वकै वेबसाइट बनाउन प्रयोग हुने प्रबिधि मद्धे अग्र स्थानमा आएको छ । प्रबिधि सम्बन्धि धेरै जानकारी वा ज्ञान नभएकाले पनि सजिलै चलाउन सक्ने प्रबिधि भएकाले पनि यसको आकर्षण बढेको छ ।

नेपालमा पनि अहिले बनिरहेका बहुसंख्य वेबसाईटहरु निर्माण गर्दा वर्डप्रेस प्रयोग गरिन्छ। बिश्वभरि रहेका रहेका प्रबिधि सम्वन्धि काम गर्ने धेरै संस्थाहरुको सहयोगमा कार्यक्रम सम्पन्न हुनेछ ।

कार्यक्रममा सहभागी हुन रु २००० तोकिएको छ भने विद्यार्थीको हकमा रु १००० छ । वर्डक्याम्प काठमाडौंको आधीकारीक वबेसाईटमा गएर टिकट खरिद गर्न सकिने छ ।

केही जिज्ञासा भएमा तल टिप्पणी गर्न हुन वा आयोजकलाई सम्पर्क गर्न सक्नु हुनेछ । कार्यक्रमको पूर्ण जानकारीको लागि WordCamp Kathmandu 2022 – 3rd & 4th September 2022 हेर्न सक्नु हुनेछ |

वर्डप्रेस नेपाली अनुवादक टिम

वर्डप्रेसलाई नेपालीमा अनुवाद गर्न कसले सक्रिय रूपमा योगदान गरिरहेको छ भनेर सोच्दै हुनुहुन्छ?

तपाईंले यहाँबाट हेर्न सक्नुहुन्छ: आफ्नो साइटलाई नेपाली भाषामा परिवर्तन गर्नुहोस् (सेटिङ्हरू > सामान्य) र credits.php(site-url.com/wp-admin/credits.php) पृष्ठमा चेक गर्नुहोस्।

यदि तपाईंले अहिलेसम्म योगदान गर्नुभएको छैन र अनुवाद टोलीमा सामेल हुने सोचमा हुनुहुन्छ भने, तपाईंले अहिले सुरुवात गर्न सक्नुहुन्छ।

तलको लिङ्कमा क्लिक गर्नुहोस्:
https://ne.wordpress.org/wordpress-in-nepali/

~वर्डप्रेस नेपाली अनुवाद सम्पादक टिम

वर्डप्रेस बुटवल फेब्रुअरी मिटअप – वर्डप्रेसलाई नेपालीमा अनुवाद गर्दै

वर्डप्रेस बुटवलले “वर्डप्रेस बुटवल फेब्रुअरी मिटअप २०२२” आयोजना गर्ने भएको छ । यस वर्डप्रेस बुटवलको मासिक मिटअप वर्डप्रेसलाई नेपाली वा नेपालमा बोलिने अन्य कुनै भाषामा अनुवाद गर्नका लागि केन्द्रित गरिएको छ ।

कार्यक्रम २७ फेब्रुअरी २०२२, आइतबार, ११ AM. (NTP) मा सुरु हुनेछ। तपाईं कार्यक्रम समयमा हामीसँग सामेल हुन स्वतन्त्र हुनुहुन्छ।

कहाँ?
कार्यक्रम अनलाइन र अफलाइन दुवै मोडमा हुनेछ।
अनलाइन: Google Meet मार्फत।
भौतिक : ईगल आई टेक्नोलोजी // AdsWork Inc, मिलनचोक, बुटवल

अनुवादमा योगदान गर्न थप पढ्नुहोस्:
https://docs.google.com/document/d/wpbtl-translation-handbook

कार्यक्रम तालिका:
आइतबार, २७ फेब्रुअरी २०२२
११:०० AM : वर्डप्रेसलाई कसरी अनुवाद गर्ने भन्ने ’boutमा सत्र
११:३० AM: अनुवाद सुरु हुन्छ
०२:०० PM: कार्यक्रम समापन।

मासिक मिटअपहरू वर्डप्रेस स्वयंसेवकहरू र उत्साहीहरूको स्थानीय समूहद्वारा निःशुल्क आयोजना गरिन्छ। यस मिटअपमा प्रवेश पूर्ण रूपमा नि:शुल्क र सबैका लागि खुला छ। सामान्य रूपमा, तपाईले नेटवर्किङ सत्रहरूमा पनि एकअर्कालाई व्यक्तिगत रूपमा चिन्नुहुनेछ।

महत्वपूर्ण लिंकहरु:
मिटअप: https://www.meetup.com/Butwal-WordPress-Meetup/events
वर्डप्रेस पोलिग्लट टिमको SLACK च्यानल: https://wordpress.slack.com/messages/polyglots

~वर्डप्रेस नेपाली अनुवाद सम्पादक टिम

शोकेसको लागि पूर्ण नेपाली अनुवादित साइट पेश गर्न अनुरोध

के तपाईं आफ्नो साइटलाई हाम्रो वर्डप्रेस नेपाली साइट (https://ne.wordpress.org/) को शोकेसमा प्रदर्शन गर्न चाहनु हुन्छ ? चाहनु हुन्छ भने आफ्नो साइटको विवरण पेश गर्नुहोस् । त्यसको लागी https://goo.gl/forms/lArYSihSPYjghFMl1 फाराम भर्नुहोस् । साइट सर्त अनुसार ठीक छ छैन जाँच गरी ठीक भएमा शोकेसमा प्रकाशित गरिनेछ।

सर्तहरु:

  1. साइट वर्डप्रेसबाट निर्माण गरिएको हुनुपर्नेछ ।
  2. साइट पूर्ण रुपमा नेपालीमा अनुवादित हुनुपर्नेछ।
  3. अभद्र, असामाजिक र गैरकानुनी साइटहरुलाई निषेध गरिएको छ।

साइट पेश गर्न आवश्यक पर्ने विवरण:

शीर्षक:
युआरएल:
विवरण (छोटकरीमा):
स्क्रिनसट: (स्क्रिनसट पठाउँदा डाउनलोड गर्न मिल्ने तस्विरको सिधा लिंक पठाउनुहोस)

वर्डप्रेस् १००% अनुवादित संस्करण: नेपाली जान्नेकालागि भन्दा पनि वर्डप्रेस् नेपालीमा खोज्नेकालागि।

BERJAYA

लगभग तीन वर्षपछि फेरी वर्डप्रेसलाई १००% नेपालीमा अनुवाद गरिएको छ । यो भन्दा पहिले वर्डप्रेस  ४.० संस्करण शत प्रतिशत नेपलीमा उपलब्ध थियो भने पछिल्लो समय त्यहि अनुरुप ४.७ लाई अघि बढाइएको थियो र अहिले नेपालीमा वर्डप्रेस चलाउन खोज्नेका लागि ४.८ संस्करणलाई पनि  तयारी अवस्थामा  राखिएको छ ।मूलतः वर्डप्रेसमा संचालित नेपाली न्युज् पोर्टलहरु, नेपाली भाषा सम्बन्धी सेवा दिने वेबसाइटहरु तथा नेपालीमा व्यक्तिगत ब्लगहरु पोस्ट गर्ने पोर्टलहरुलाई लक्षित गरेर अनुबाद गरिएको पछिल्लो संस्करणमा वर्डप्रेसका प्राविधिक शब्दहरु बाहेकका शब्द/वाक्यहरु सकेसम्म नेपाली बोलीचालीका लवजहरुलाई ध्यानमा राखेर तयार गरिएको छ ।

नेपाली अनुवादक टिमको यो सफलतालाई वर्डक्याम्प काठमाडौँ २०१७ को अबसरमा पनि बिशेष उपलब्धिको रुपमा उल्लेख गरिएको थियो । कार्यक्रमको स्वागत् भाषणबाटै सुरु गरिएको बधाई प्रक्रिया, नेपालमा वर्डप्रेस सुरुवातकर्ता  एवम्  वर्डक्याम्प काठमाडौँ २०१७ वक्ता मध्येका एक सकिन श्रेष्ठको पी. पी. टि स्लाइड हुँदै ग्रुप फोटोसेसन सम्म पुगेको थियो ।

BERJAYA

यसै अवसरमा टिमका सक्रिय सम्पादक तथा अनुवादक निलाम्बर शर्माले किन वर्डप्रेसको “Giving back to the Community” स्लोगनलाई  हामीले प्राथमिकतामा राख्नु पर्छ र ऊनीलगायतका टिमले कसरी आफुलाई एक असल योग्दनकर्ताका  रुपमा प्रस्तुत् गरिरहेका छन् भन्ने कुरा समेत मन्चबाट राख्ने मौका पाएका थिए ।

BERJAYA

यो  संस्करणसम्म आइपुग्दा वर्डप्रेस नेपालीकरण गर्नेमा निलाम्बर शर्मा (Nilambar Sharma), शिव शंकर भट्ट (Sh Shanker), मनिष प्याठ (Manish Pyatha), हेमराज अधिकारी (Hemraj Adhikari) र सुदीप बल्छौडी (Sudeep Balchhaudi) शीर्ष ५ सक्रिय अनुवादकहरुका रुपमा छन् भने नयाँ योगदनकर्ताहरुको संलग्नता पनि उत्तिकै बढ्दो देखिन्छ |

वर्डप्रेस अब सत प्रतिशत नेपालीमा

हामी वर्डप्रेसलाई सत प्रतिशत नेपालीमा अनुवाद गर्न सफल भएका छौं । कैयौ अनुवाद योगदानकर्ताहरुको सहयोगमा हामी यो स्थानसम्म आइपुगेका हौं । अनुवाद गरी योगदान गर्नुहुने सम्पूर्ण योगदानकर्ताहरु तथा अनुवादमा सहयोग गर्नु हुने सबै शुभचिन्तकहरुलाई धन्यवाद ।

यस अघि लगभग तीन वर्ष अगि वर्डप्रेस ४.० रिलिज हुदाँ नेपाली अनुवाद सत प्रतिशत थियो । त्यस पछि केहि सुस्ताएको अनुवाद प्रोजेक्ट हामीले केहि महिना अघि म लगायत केहि साथीहरु मिलेर यसलाई पुन अगाडी बढाउने निर्णय गरेका थियौ । त्यसै अनुरुप लगातार अनुवादलाई सुचारु गर्न साप्ताहिक मिटिङ्ग लगायत अनुवाद दिवस जस्ता कार्यक्रम आयोजना हुदै आएको थियो । त्यसैको फल स्वरुप अहिले वर्डप्रेस ४.७ पूर्ण रुपमा अनुवादित भएको छ भने अर्को महिना रिलिज हुने वर्डप्रेस ४.८ को तयारी पनि पुरा भैसकेको छ । यस प्रोजेक्टलाई भविष्यमा पनि अगाडी बढाई राख्न यहाँहरु सबैको सहयोगको अपेक्षा गरेको छु ।

जय वर्डप्रेस !!!